भक्तपुर जस्तो नेमकिपाको आधार क्षेत्रमा बसेर नेकपा एमालेको संगठन बिस्तार गर्नु उहाँको निम्ति कम्ती चुनौतीपूर्ण थिएन । बाल्यकाल देखि नै एमाले देखि सहन नसक्ने दल र तिनका कार्यकर्ता बाट दिईने पटक पटकको यातना,सामाजिक र मानसिक तनाबको कुनै प्रवाह नगरी जीवन र मृत्युको लडाइँ लड्दै नेकपा एमाले लाई बलियो र सशक्त पार्टीको रुपमा स्थापित गर्न सफल हुनुहुन्छ महेश बस्नेत ।
पार्टी क्रान्ति र युबा शसक्तिकरणको माध्यम बाट समाज रुपान्तरणमा अहोरात्र खटिएका बस्नेत जीवन निक्कै संघर्षमय छ । परिवर्तनको नक्कली खोल ओडेका छद्मबेसी अग्रगामि भनाउँदा पुरातनवादी हरुको पटक पटकको धम्की र षड्यन्त्र लाई कुनै पर्वाह नगरी अबिचल्लित निरन्तर आफ्नो काममा खट्ने बस्नेत बास्तबमा काली गण्डकीको शालिग्राम हुन् ।
पछिल्लो पटक केही नेतासङ्ग जोडेर नेता बस्नेतलाई आधारहिन आरोप निन्दनीय छ,संसदीय राजनीतिक अभ्यास भएका मुलुकमा संसदीय सदस्य बढाउनु खोज्नु स्बभाबिक प्रक्रिया नै हो,मधेशी दलभित्रका केहि सासदहरुले तराईमै महेश बस्नेत लगायत अन्य नेतालाई बोलाई स्बागत गरेको अनि खुशीका साथ भोजन गरेको पनि फोटो मिडियामा आएको बेला र सवंम आउने ब्यक्तिले नै हैन हामी जनकपुरको छलफल पछि अझ छ्लफलका लागि काठमाडौ आएको सघिय समाजबादिका नेताले नै स्बिकारेका छन्न त्यो पनि बाबुराम भट्टराई पुर्ब प्रधानमन्त्री ज्युको घरमै बसेर तरपनि केटाकेटी जिस्किए जस्तोगरि पुर्बप्रमको सचिबालयले आफ्ना अयोग्यता,कुन्ठा,असफलतालाई छोप्नु अन्तै ध्यान मोडने जुन प्रयास गरेका छन्न त्यो पनि डा.सुरेन्द्र यादब पछि एउटा कार्यक्रम उनले स्बिकार त गरेका छैन्न म अपहरण परे भनेर तर गोहिका आँसु बगाएर दोश दिनु खोजेका छन्न यी तिनै चातुर खेलाडी हुन्न जो अघिल्लो दिननै दुई पाटी मिलेको थाहा पाएपछि बाबुराम भट्टराईको बिहान गएर आफ्नो शाख जोगाउनको लागि अनेक नाटक गरे जुन कुरा अरुले होईन उनका हितैशी प्रदिप यादबले भनेका छन्न अत यो प्रहार महेश बस्नेत मात्र नभएर सिङ्गो युबा पुस्ता माथिको प्रहार हो.हिजो बिहान हत्या,हिंसा,अपहरणको राजनीतिबाट उदाएका रत्नाकार बाबुराम अहिले कपटी शकुनि बनेर पासा चलाउन खोज्दैछन्न र हिजको तुश अनि आजको आफ्नो असफलता घटनालाई मोडेर रोक्ने दुशाहस गर्दै छन्न खबरदार छेपारे बाबुराम मुलुकलाई अस्थिरताको जन्झिरमा बाधेर फेरि पनि मातृभुमी माथी धाबा बोल्ने तिम्रो प्रयास एक महेश होईन,हजार महेश,आबस्यक परे लाख महेश जन्मिनेछ्न्न बन्द गर तिम्रो नाटक यो आलेख लेखिनुमा बस्नेतको कुनै हात छैन । उहाँले चाहेको र लेख्न खोजेको भए सायद अरु थुप्रै कुरा आउने थिए । नेताहरू लाई लडाएर पार्टी र गणतन्त्र लाई कमजोर पार्न खोजिएको छ।
लेखक अनेरास्ववियु क्याम्पस कमिटी हिकास्टकाे अध्यक्ष हुनुहुन्छ ।