बैशाख १९, कैलाली । सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामी ५०,०००।– रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको हो ।
अख्तियारका अनुसार इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा प्रहरी कर्मचारीसँग मिलेर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा धामीलाई पक्राउ गरेको हो । उनलाई घुस बापतको रकम लिईसकेको अवस्थामा रकमसहित गौरीगंगा नगरपालिका वडा नं.-८ बढैपुर बजारबाट पब्राउ गरिएको हो ।
धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।