• २०८० मङ्सिर १९ गते मङ्गलवार

बडिमालिका १ सल्लेनामा आगलागी

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, बाजुरा ।बडिमालिका नगरपालिका वा नं १ मा एक घरमा हिजो राति आगलागि भएको छ । वडा नं १ को सल्लेना गाँउका रन कार्कीको घरमा बिधुत सर्ट भएर आगलागी भएको हो ।

राति १२ बजे तिर बिघुत सर्ट भएर आगलागी हुँदा पुरैघर जलेर नष्ट भएको घरधनी रन कार्कीले बताउनु भएको छ । घरचित्र रहेका लुगाकपडा, अन्न, भाडाकुटा लागयतका सम्पुर्ण बन्दोबस्तीका समाग्रीहरु जलेर नष्ट भएका छन् ।

आगलागिबाट भएको क्षतिको विवरण आउन भने बाँकि रहेको छ । अहिले वडा कार्यलयका प्रतिनीधी र प्रहरीको टोली घटना स्थल तर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस