फागुन १८, काठमाडौं । संगठन प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बाग्लुङ, म्याग्दी र पर्वतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय अन्तर्गतका विभिन्न शाखा, हिरासत कक्ष, मेष, व्यारेक लगायतको निरीक्षण गर्नुभयो ।
प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च व्यवसायीक निष्ठा र पूर्ण आचरणयुक्त प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
साथै प्रहरी कार्यालयमा आउने आम नागरिकका गुनासो र विविध समस्याको समाधानका लागि प्रहरी नागरिक प्रति उत्तरदायी भई जनतामा प्रहरी प्रति अपनत्वको भावना विकास साथै प्रहरी हाम्रै लागि हो भन्ने धारणाको विकास हुने गरी सेवा प्रवाह गर्न समेत निर्देशन गर्नुभएको छ ।