• २०८१ साउन १ गते मङ्गलवार

अवैध लागूऔषध सहित पनौतीबाट युवती पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काभ्रे । नेपाल प्रहरीले अवैध लागूऔषध सहित पनौती नगरपालिका–६ पनौती बजारबाट एक युवतीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले रौतहट गुजरा नगरपालिका–२ महिरा घर भई हाल पनौती बजारमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको कोठामा खोजतलासी गर्दा लुकाइछिपाई राखेको लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित शनिबार बेलुका पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस