• २०८० असोज ५ गते शुक्रवार

आजको मौसम : पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं । आज दिउँसो देशको पश्चिमी भू-भाग सहित मध्य र पूर्वको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राती देशको पश्चिमी भू-भाग सहित मध्य र पूर्वको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस