• २०७९ असोज ९ गते आइतवार

आजको मौसम : मौसम सामान्यतया सफा

पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । आज दिउँसो देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ। राती पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । देशको सुदुर पश्चिम प्रदेशका तराई भू-भागमा र प्रदेश न. १ को पश्चिम भागमा बाक्लो हुस्सु र कुहिरो लागेको र बाँकी तराई भू-भागमा सामान्य हुस्सु रकुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराईका केही स्थानहरुमा हुस्सु रकुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउनु हुन अनुरोध गरेको छ । साथै पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस