- सिमा गुरुङ
माघ १८, भैरहवा । रुपन्देहीमा गएराती लु.३८प. ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० मा रातको सवा ९ बजे भएको उक्त घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय चालक प्रकाश भट्टराई उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भ्यान चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।