• २०८२ बैशाख १७ गते बुधवार

अङ्ग्रेजी नयाँ बर्ष “२०२०” शुभकामना अादनप्रदान कार्यक्रम भारतकाे बैङ्लाेरमा सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • राम बिश्वकर्मा

पाैष १६, कैलाली । नेपाल तरुण दल काे आयाेजनामा अङ्ग्रेजी नयाँ बर्ष २०२० शुभकामना तथा चियापान कार्यक्रम आज भारतकाे बेङलाेरमा सम्पन्न भएकाे छ। नेपाल तरुण दल बेङलाेर अध्यक्ष दिवश शाहिकाे सभापतित्वसंगै सुरु भएकाे कार्यक्रम का प्रमुख अतिथि नेपाल बिधार्थी संघ भारत का उपाध्यक्ष धन बहादुर गुराधार्मि रहनुभएकाे हो ।


विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बर्तुर शाखा अध्यक्ष दुर्गा बोहरा रहनुभएकाे थियाे।
त्यस्तै अतिथिहरु नेपाल तरुण दल बेङलोर का सचिव अमिन बोहरा, मनिराम सहकारी, गगन शाही, हिमाल बोगटी र धर्म बोहरा रहनुभएकाे थियाे ।


कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि नेपाल बिधार्थी संघ भारतका उपाध्यक्ष ले अङ्ग्रेजी नयाँ बर्ष सुरुभएसंगै नयाँ साेच,बिचारका साथ भारतमा रहेका नेपाली हरुकाे समस्या समाधान का लागि सबै एकजुट भई अगाडि बढन अाग्रह गर्नुभएकाे छ। दु: ख पिडामा भएका नेपाली हरुकाे समस्या आफुहरुले सधै मलमपट्टि लगाईरहेकाे बताउभएकाे थियाे ।

त्यस्तै कार्यक्रम बाेल्दै नेपाल तरुण दल बेङलाेर अध्यक्ष दिवश शाहिले प्रबासी नेपाली हरुकाे समस्या आफुले सबैभन्दा पहिले प्राथमिकताकाे रुपमा हेरेकाे बताउनुभएको छ। बिगतका दिनमा नि दु:ख मा नेपाली हरु उद्वार गरिसकेको बताउनुभयाे । कार्यक्रम मा करिब १५० जना नेपालीहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस