• २०८२ जेष्ठ २ गते बिहिवार

पुष २३ गते ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ संचालन हुदैं

पढ्न लाग्ने समय : १ मिनेट
  • पुजा लम्साल

पुस १६, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आगामि पुष २३ गते ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ संचालन हुने भएको छ । ‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लव सुनवल ४ नवलपरासीले फुटसल प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगितामा सहभागि हुन नगर भित्रका सम्पुर्ण बिद्यालयलाई आग्रह गरिएको छ । यसैगरि पुष २० गते सम्म टिम दर्ता गर्न सकिने शिद्धार्थ सिसु सदन इंलिस स्कुलका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार र द्धितिय हुने टिमले नगद रु ७ हजार सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सस्था सिद्धार्थ बालक्लवले जनाएको छ ।

यसैगरि सेमिफाइनल प्रवेश गर्ने टिमलाई नगद रु ३ हजार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।सामाजिक कार्यमा बाल क्लव सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस