• २०८१ असोज २५ गते शुक्रवार

जीवन प्रयोगशालाका नवप्रशिक्षक विश्वकर्मालाई स्वागत

पढ्न लाग्ने समय : २ मिनेट

पुस १६, नवलपरासी । जीवनयोग प्रयोगशाला सुनवल सामुदायिक सिकाई केन्द्र नवलपरासीले बुधबार
एक कार्यक्रमकाबीच नव प्रशिक्षक ईन्दिरा विश्वकर्मालाई स्वागत तथा सम्मान गरेको छ । केन्द्र दोस्रो महिनामा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वकर्मालाई पश्चिम नवलपरासीकै पहिलो प्रशिक्षकको रुपमा सम्मान तथा स्वागत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका- १ का वडा अध्यक्ष विनप्रसाद बुढाथोकीले पुष्पगुच्छा र खादा ओढाएर सम्मान गर्नु भएको थियो । केन्द्रका साधक समेत रहनुभएका विश्वकर्माले जिवन विज्ञानद्धारा काठमाणडौमा ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम लिनुभएको थियो । उहाँले जीवन विज्ञानद्धारा सञ्चालित ३ दिने बोध विज्ञान र ७ दिने लय
विज्ञानको तालिम समेत लिइसक्नु भएको छ । केन्द्रका संचालक समितीका अध्यक्ष भविश्वर पाण्डेयको सभापतित्व मा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष विन प्रसाद बुढाथोकी, सि.एल्.सि. का अध्यक्ष तथा जीवन योग प्रयोगशालाका संयोजक उमानाथ पोखरेल, जिवन विज्ञानका शिक्षक हरि प्रसाद पोखरेल, प्रशिक्षक लोकनाथ रिजाल लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।

मानव जीवनको लागि योग, ध्यान, प्रणायम अत्यन्तै जरुरी भएकाले आफुले जीवन विज्ञानमा सिकेको कुरा जिल्लाभर सम्प्रेषण गर्ने नवप्रशिक्षक इन्दिरा विश्वकर्माले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जीवन योग प्रयोगशाला सुनवल सामुदायिक सिकाई केन्द्रका ५९ जना साधकहरुको उपस्थिती रहेको थियोे । जीवन योग प्रयोगशाला सुनवल सामुदायिक सिकाई केन्द्रले नवलपरासी गत मंसिर १६ देखि निरन्तर योग कक्षा सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस