• २०८१ जेष्ठ ६ गते आइतवार

बसपार्कबाट एक किलो नक्कली सुनसहित नयाँ दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस १५, काठमाडौं । नेपाल प्रहरीले नयाँ बसपार्कस्थित तनहुँ होटलबाट एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलो नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो।

वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुवै जनालाई हरासतमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस