• २०८२ जेष्ठ २ गते बिहिवार

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु ४ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ९ ददल्कामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बुधबार साँझ पाँणथोकबाट ददल्का जादैं गरेको लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक को मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनिया विक, २६ वर्षीय विष्णु विक र चालक ३० वर्षीय ज्ञानबहादुर विक रहेका छन ।

प्रतिक्रिया दिनुहोस