• २०८१ चैत्र ३ गते सोमवार

पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, कास्की । पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश र यु–डाइमण्ड काठमाडौँ एकेडेमी विजयी भएका छन् । गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कूल काठमाडौँलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो ।

त्यसैगरी यु–डाइमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस