भदौ १४, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० विजयी भएको छ । स्टार खेलाडीत्रय नेइमार, एडिन्सन काभानी र केलियन एमबाप्पेविनै मैदान उत्रिएको पीएसजीले मेट्जलाई शुक्रबार रातिको खेलमा २-० ले हराएको हो ।
एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् ।
पीएसजीको जितमा एन्जल डी मारिया र चोपो मोटिङले १-१ गोल गरे । खेलको ११ औं मिनेटमा डी मारियाको पेनाल्टी गोलबाट पीएसजीले अग्रता बनाएको थियो । यसैगरी ४३ औं मिनेटमा मार्को भेराट्टीले फ्रिकिकमार्फत उपलब्ध गराएको बललाई मोटिङले हेडमार्फत गोलमा परिणत गरे ।
यो जितसँगै पीएसजी ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।