• २०८१ मङ्सिर २२ गते शनिवार

इलामे कोशेली बन्दै छ : सिस्नो

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

साउन १५, इलाम । सबै आत्तिने र नाम नै सुन्दै डराउने गरेको बनस्पति सिस्नो अहिले आएर इलामको कोशेली बन्दै गएको छ । इलामे भूमिमा जताततै पाइने गरेको सिस्नो गाउघरमा मानिसहरुले दाल खाने र सुगुरलाइ पकाएर दिने गरेको मात्र भएपनि अहिले शहरमा यसको उपगोगिता र महत्वको बारेमा मानिसहरुले थाहा पाएपछि इलाम आउने पर्यटकहरुले यसको खोजी गर्न थालेपछि इलामको गाउगाउबाट सिस्नो बजारमा आउन थालेको हो ।

हालसम्म कसैले ब्यवसायिक रुपमा यसको खेती नगरेको र बारी र जंगलबाट टिपेर बजार लैजादा बिना लगानी फाइदा हुने गरेको हो । अहिलेपनि इलामको रोङ, सुयोदयन गरपालिका लगायतको स्थानबाट किसानहरुले सिस्नो संकलन गरेर झापाको बजारहरु र मेची राजमार्गहरुको तरकारी पसलबाट बेचिने गरेको रोङ ६ का ब्यपारी लोक बहादुर चौकटेले बताए । इलामे भूमिमा खासगरि पात्ले, भाङ्रे र धरिया जातको सिस्नो पाइने गरेकोमा पात्ले जातको सिस्नाकोे यो सिजनमा मुन्टा बजारमा आउने , धरिया र भाङ्ग्रे जातको सिस्नोको मुन्टा र फुल बिक्रि हसने गरेको छ ।सिस्नोमा पाइने फार्मिक अम्लले पोल्नेर हिस्टामाइलन तत्वले सुनिने भएपनि पानीमा उमालेपछि यो तत्व नास हुने र बहुगुणी बनस्पतिको रुपमा रहेको पाइन्छ । सिस्नोलाइ रोग निरोधात्मक र पोलिो खानेकुराको रुपमा लिइन गरेको छ ।

सिस्नोमा भिटामिन ए , बि, सि,डि, फलाम, पोटासियम , म्यागनिज क्यालसियम र धेरै मात्रामा प्रोटिनहरु पाइने गरेको बैत्रानिकहरुले प्रमाणित गरेका छन् । जव कि रायोको सागमा ३ सय ५० आइ यु भिटाम्रियोग गरेजस्जै सिस्नोको सेवनले शरिरको भित्रि अंगहरुको सफाइ हुने बैज्ञानिकहरुको लाबी रहेको छ । सिस्नोको सेवनबाट किड्नीको समस्या, पिसाव पोल्ने दम, बाथ, रगत उत्पादन । मेमोग्लोबिनको मात्रा बढ्ने ,प्यारालाइसिस , पथरी , जोनि दुख्ने अनियमित महिनामारी नियमित गराउने जस्ता दर्जनौ रोगीहरुको लागि उपगोगि रहेको बैज्ञानिकहरुको दाबि रहेको छ ।

अहिले सिस्नोको परिकार शहरको रेस्टुरान्ट र ठूला होटलकरुको अतिरिक्त बिदे शमा समेत निर्यात हसन थालेको पाइएको छ । बिभिन्न एग्रो प्रोडक्टहरुले सिस्नोको धुलो अमेरिका , जापान हङकङ, कोरिया लगायतको मुलसकहरुमा निर्यात गर्न थालेको राजधानीमा रहेको हिमालयन एग्रो प्रोडक्ले ुरावाु नामक सिस्नोको प्रोडक्टहरु बिदेश निर्यात गर्ने गरेको प्रबन्ध निर्देशक बिशाल राइले बताए ।

यता बर्षेनि सरकारको ब्यपार घाटा बढीरहेको कृषि प्रधान मुलुक नेपालमा सिस्नोको खेती गराउने हो भने किसानहरुलाइ आम्दामिको भरपदो श्रोत र सरकारको ब्यपार सन्तुलनको आधार बन्न सक्ने देखिएको छ । यदि सरकारले ब्यपारको लागि बजारको मात्रै ब्यवस्था गर्ने हो भने किसान यसको उत्पादनमा लागि पर्ने छन् र कृषिबाट मुलुकको समृद्धिमा टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस