• २०८२ जेष्ठ ७ गते मङ्गलवार

गुल्मीमा हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, गुल्मी । धारिलो हतियार हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ नौघाते बस्ने ४५ वर्षीय लछुमण कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खेतमा पानी लगाउने बिषयमा झै-झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ वर्षीय मोतिलाल कुमाललाई हँसिया प्रहर गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस