- भावना हमाल
साउन १५,दैलेख । चोरी डकैती, लुटपात, अपहरण, हत्या, बलात्कार, जातीय विभेद, बहुविवाह, बोक्सीको आरोप लगायतका महिला हिंसाका घटनालाई सरकारवादी मुद्दामा सूचीकृत गरिएको छ । सरकारवादी मुद्धामा राज्यका सबै पक्षले सहयोग गर्नुपर्छ । तर दैलेखमा जनप्रतिनिधिहरुले साउन १४ गते सरकारवादी मुद्धा मेलमिलाप गराउने प्रयत्न गरेका छन ।
कानूत सरकारवादी मुद्धा मेलमिलाप गराउन मिल्दैन । फौजदारी अपराधका घटनामा न्याय दिलाउन निःशुल्क कानूनी सहायता दिने र सरकार आफैले पीडितको पक्षमा मुद्धा लड्ने कानूनी व्यवस्था भएकोले फौजदारी मुद्दालाई सरकारवादी बनाइएको छ । महिला हिंसाका घटनालाई सरकारवादी मुद्दामा सूचीकृत छ् तर दैलेखमा महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दो क्रममा छन् ।
नारायण नगरपालिका १० भवानीकि लछिमा सुनारलाई धारामा गागरि छुइएको विषयमा वैशाख ११ गते छुवाछूत र कुटपिट भयको थियो । कुटपिट गर्ने सोही गाउँ कि राजकुमारी न्यौपानेले हसियाले टाउको, छाति, ढाडमा कोप्नुसंगै पाइतलाले हानेको पीडित पक्षको आरोप छ ।
मुद्धा जिल्ला प्रहरी कार्यालय दैलेखमा दर्ता भएको छ, आरोपित राजकुमारी न्यौपाने फरार भएकोे भनिएको छ । अहिले पार्टी नेता र जनप्रतिनिधिले होष्टाइल गराउन सदरमुकाममा कचहरी बसाले पीडितलाई भनेछन गाउँ समाज चाहिन्छ, मिलाएर प्रहरीमा बयान दिइदिनू परो । हसियाले टाउको, छाति, ढाडमा कोप्नुसंगै पाइटाले हान्दा भएको घाउको कारण बेहोस जातीय विभेद मुद्दा दर्ता गराउन जाँदा दैलेख नारायण नगरपालिका–१० का वडाध्यक्ष लोकबहादुर थापाले जाहेरी रोक्न बल गरेका छन् । जाहेरी दर्ता भए लगतै फरार भएकी आरोपित राजकुमारीलाई ‘कैद हुने अवस्था नगराइदेऊ बरु खर्च तिराइदिउँला’ भनी मिल्नुपर्छ भनी दवाव दिएको पीडितकीे देउरानी पवित्रा सुनारले बताइन ।
‘सरकारवादी मुद्दामा मिल्न भन्नुभएको हो ?’ भनेर वडाध्यक्ष थापा र नेकपाका जिल्ला नेता शर्मालाई सोध्दा राजकुमारीका आफन्तले एक पटक पीडितसंग कुरा गरिदिनू प¥यो भनेर आग्रह गरेको कारण बसालेर छलफल गराएको स्वीकार गरे । ‘प्रयास गरौं न त भनेर सोधेको हो’ शर्माले भने । वडाध्यक्ष थापाले पीडित लक्षिमालाई ५ हजार पर्ने सोलार वडा कार्यालयले निःशुल्क दिने सल्लाह भएको सुनाए ।
घटनामा हसियाले टाउको, छाति, ढाडमा कोप्नुसंगै पाइटाले हान्दा भएको घाउको कारण बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याएपछि त्यहाँ सम्भव नभएपछि रिफर गराएकोले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याई उपचार गरिएको थियो ।
आरोपित न्यौपाने फरार रहेकोले प्रहरीले छिटो अदालतमा मुद्धा बुझाउने तयारी गरेको अवस्थामा घटनाका साक्षीलाई जिल्ला प्रहरी कार्यालयले लिने बयानमा विभेद भएको होइन भनीदिनू भनी वडाध्यक्ष थापा र नेकपाका जिल्ला नेता लोमन शर्माले ‘समाजमा मिलेर बस्नुपर्छ सजिलो पारेर बयान गर’ भनेको पीडित लक्षिमा कामीले भनिन । पीडित महिला अत्यन्त गरिव भएको कारण आफन्तहरुले गाउँबाट ऋण काडेर उपचारमा गराएका थिए । उनको उपचारमा अहिलेसम्म ५१ हजार भन्दा बढी खर्च भइसकेको लक्षिमाकी देउरानी पवित्रा सुनारले बताइन । आरोपित राजकुमारी न्यौपाने फरार रहेकोले प्रहरीले अनुसन्धान सकेर छिट्टै अदालतमा मुद्दा बुझाउने तयारी गरिरहेको छ ।
प्रहरीमा हाजिर गराउँदा अनुसन्धानका लागि थुन्ने भएको कारण प्रहरीलाई नै मुद्दा अदालत पठाइदिन लगाएर आरोपित राजकुमारीलाई अदालतमा हाजिर गराउने अनि त्यहाँ धरौटीमा छुट्न सजिलो पर्ने ठानेर मिलाउने खोज्ने नेता र जनप्रतिनिधिहरुले प्रहरीमा गरिने साक्षी र जाहेरवालीको बयान सुधार्न लगाउने प्रयत्न गरेका हुन ।
जातीय विभेदमा पीडितहरुलाई नै समाज चाहिन्छ बयान बदल भनेर दवाव दिनेहरुलाई चेतना दिनूपर्ने स्थिति रहेको अधिकारकर्मी पत्रकार अमर सुनारले टिप्पणी गरेका छन । ‘जो पीडित छ उसैलाई हप्काउने ठालुहरुलाई सचेत गराउन दलित आन्दोलन सशक्त बनाउन आवश्यक रहेको पत्रकार अमर सुनारले आवश्यकता रहेको बताउनु भयो ।