• २०८१ कार्तिक १८ गते आइतवार

लोक तथा दोहरी गित प्रतिष्ठान बाजुरा द्धारा बृहत् सांस्कृतिक कार्यक्रम गरिदै

पढ्न लाग्ने समय : १ मिनेट
  •  धर्म सुनार

साउन १५,बाजुरा । बाजुरामा राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान, बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा यहि साउन २१ गतेका दिन बृहत सांस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा बिनोद बाजुराली, राधिका हमाल प्रकाश थापा, लाल बहादुर धामी, सुर्य्बिरही साउद, रेखा जोशी, रंग नेपाली लगायतका ख्याती प्राप्त गायकहरूको उपस्थित सँगै स्थानीय कलाकारहरूका समेत प्रस्तुती रहने भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराका प्रथम उपाध्यक्ष नर बहादुर वि.क.को अध्यक्षतामा बसेको साउन १३ गते बसेको जिल्ला कार्यसमितिको बैठकले सो कार्यक्रम आयोजना गरिएको औपचारिक निर्णय गरेको हो । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा( कार्यक्रम मुल व्यवस्थापन समिति संयोजकमा हर्क खडायत, मञ्च व्यवस्थापन समिति संयोजकमा नर बहादुर वि.क. , होटेल व्यवस्थापन समिति संयोजकमा विष्णु धामी, स्वागत समिति संयोजकमा बिनिस्ता धामी र नृत्य व्यवस्थापन समिति संयोजकमा निशान्त रोकायालाई जिम्मेवारी दिएको छ ।

उक्त दिन प्रतिष्ठानले आफ्नो तेस्रो जिल्ला अधिवेशन समेत सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिने प्रतिष्ठानका अध्यक्ष चित्र बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस