- खिमराज गिरी
जेठ १७, काठमाडौं । वास्तवमा सडकमा गाडिहरु दुर्घटनामा पर्ने र दुर्घटना निम्त्याउने प्रमुख कारणहरु नै चालकको लापरवाह, तिव्र गति, सडकमा भएका खाल्डा खुल्डीहरु र जवरजस्ती यात्रुहरु वसभित्र कोच्ने प्रचलन नै हो । यतिमात्र नभई दुर्घटनाका अन्य कारणहरु र यसलाई न्युनीकरण गर्ने उपायहरु निम्नानुसार छन् :
कारणहरुः
१ सवारी चालक तालिमको समयमा राम्रोसँग व्यबहारिक ज्ञान नसिकाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित राख्नु,
२. बाटो बनाउँदा या मर्मत गर्दा सडक विभाग, खानेपानी र विद्युत कार्यालयविचमा समन्वयको अभाव ।
३. चालक अनुमति पत्र वितरण गर्दा भन्सुनवाद र घुसखोरीले प्रश्रय पाउनु,
४. सवभन्दा विग्रेको र अनियमित भएको कुरा प्रशासनिक निकायका ठुला हाकिमहरुलाई गाडी आवश्यक पर्ने तर ड्राइभंर राखौं त तलवमा राख्न सम्भव नहुने वरु आपैmले पावर लगाएर घरमा लाइसेन्स थमौति गर्ने प्रचलन अनि कसरी यस्तो भिडभाडको सडकमा महाशयहरुले स्टेयरिंग ह्याण्डेलिंङ गर्न सक्ने,
५. शैक्षिकस्तरको मापदण्ड नतोकिनु किनकी मुर्ख र सुरो वलको भरमा मात्र मेकानिज्म पार्टहरुलाई ह्याण्डेलिंग गर्न गाह्रो पर्दछ,
६. धनको प्रलोभनमा परी साहु, चालक र सहचालकहरुले यात्रुहरु अनावश्यक भन्दा वढि राख्नु,
७. चालकले अगाडि आफु नजिकको सिटमा केटीहरु राखि गफमा भुल्नु,
८.मोटरसाइकल र साइकल चलाउँदा टिनेइजरहरुले स्पिड कन्टेल नगर्ने अझ पल्सर बाइक चलाउनेहरुको ट्यापे प्रवृति,
९. पैदल यात्रुहरुको लापरवाह पनि दुर्घटनाको एक मुख्य कारण हो ।
न्युनीकरण गर्ने उपायहरु :
सवभन्दा पहिला राम्रो र गुणस्तरीय डइभिंग तालिम दिनको लागि यी बग्रेल्ती छरिएर रहेका तालिम केन्द्रहरुलाई खारेज गरी नेपाल सरकारबाट मान्यता प्राप्त इन्स्टिच्युटहरु खोलिनुपर्ने, साँगुरा र घुम्तीमा भएका सडकहरुको मर्मत सम्भार समयमा नै गरिनुपर्ने, सडकमा भएका खाल्डा खुल्डीहरु मर्मत गर्दा विचार पुर्याउनुपर्ने, चालक अनुमति पत्र वितरण गर्दा नातावाद र भन्सुनवादलाई निर्मुल पार्नको लागि यातायात विभाग र प्रहरीसँगको मिलेमतोमा हुने कपटीपुर्ण व्यबहारको भण्डाफोर गरी त्यस्ता व्यक्तिहरु राष्ट्घाती सम्झी तरुन्तु कारवाहीको दायरामा ल्याउने, तोकिएको सिटभन्दा वढि यात्रु राख्ने चालकको लाइसेन्स नै खारेज गरिदिने र सहचालकलाई जागिरबाट वर्खास्त गरिदिने या साहु भएमा गाडीको रुटप्रमिट नै खारेज गरिदिनुपर्ने,त्यस्तै बढि गतिमा मोटरसाइकल चलाउने ट्यापे, मुन्द्रे र कुण्ठेहरुलाई विशेष निगरानीमा राखि टफिक प्रहरीले पनि नडराइकन त्यस्ता व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउने, मा.प.से.चेक गर्दा सधै एउटै रुटमा मात्र नभई वैकल्पिक मार्गहरुमा पनि चेक गर्नुपर्ने, पैदलयात्रुहरुले बाटो काट्दा पनि एकदमै ख्यालगर्नुपर्ने यदि लापरवाही गर्छन भने यिनिहरुलाई पनि कारवाहिको दायरामा ल्याउने,
यसरी सडक या अन्य दुर्घटनाहरु कसैलाई पनि निम्त्याएर आउने कुराहरु होइनन्, सडकमा गाडी या मोटरसाइकल हाँक्दा होस् तपाई हामी सवै जना सजग भई होसियारीपुर्वक सवारी चलायौं भने ”चाडै गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ” को नारालाई आत्मसात गरी सवैले आ आप्mनो ठाउँबाट होशियारपुर्वक सवारी चलायौं र पैदल यात्रुहरुले पनि बाटो काट्दा या बाटेमा हिड्दा वढो होशियारकासाथ हिड्ने हो भने दुर्घटना तपाई हामी सवैबाट टाढा रहन्छ र कान्तिपुर दैनिकमा दिइएको मृत्यु र घाइतेको डाटा कलेक्सनको रिर्पोट कहिल्यै सुन्न पर्ने छैन ।
मध्य नेपाल नगरपालीका २, लमजुग,
हाल काठमाण्डौ ।
९८५११९२०८८