जेठ १७, रुकुम । चौफा सव डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम (पश्चिम) मा कार्यरत फरेष्टर महेन्द्र बि.सी. सात हजार घुस रकम सहित पक्राउ परेका छन ।
कु काठ कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिइ गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।