• २०८२ बैशाख १७ गते बुधवार

जय बागेश्वरी बालुवा प्रशोधन केन्द्र क्रसर उद्योग दाङले बिना टेन्डर दादागिरी गर्दै नदिजन्य खोलाको बिनास गर्दै (फोटो फिचर)

पढ्न लाग्ने समय : २ मिनेट
  •  खबर 24 नेपाल ५ नंवर प्रदेश, ब्युरो  

जेठ १७,दाङ । एउटा उखान कुनै बेला चर्चित थियो- दाङमा मेरो घर छ मलाई केको डर छ । तर अहिले प्रतिबिम्बात्त्मक स्थायित्व ठ्याक्कै उल्टो छ । उदगार भनौँ भने- दाङमा घर छ मलाई अति डर छ ।

हो यो मजाक होइन, दाङमा जय बागेश्वरी बालुवा प्रशोधन केन्द्र क्रशर उधोगले टेन्डर परेको ठाँउ भन्दा नपरेको ठाँउहरु बाट मनपरि नदिजन्य खोलाहरु बाट आफ्नो दादागिरी गर्दै छ्याप्-छ्याप्ती,जेसिबिको स्काभेटर लिएर खोला-नाला दोहन भैरहेको छ । प्रहरी-प्रशासनले पटक पटक कारबाही गरेपनी लुकिछुपी कतै खुलमखुल्ला यसरी प्रकृतिको दोहन भैरहेको छ । के यो भ्रष्टाचार होइन । सम्झौता एउटा कामको अनि सम्झौताको नाममा सम्झदारी पुर्वक घुश्याहपनाको तृष्णा मेटाउन काम अर्को हुँदै नभेको नियम लगाएर अगाडि आउने, हो यो पनि सार्वजनिक भ्रष्टचार हो । नोटका बिटो कमाउने यी लाज पचेकालाई मतलब नभएपनी स्थानिय जनताहरु भने मर्कामा छन । त्यति मात्र कहाँ हो र सिमेन्ट फ्याक्ट्रीको त झनै । मापदण्ड बिपरित गएर सिमेन्ट उत्पादन गर्नुपनी भ्रष्टाचार हो । अख्तियारका कर्मचारीहरु कार्यालय साहायकले ५०० लिएको पक्रेर बिज्ञपति जारी गर्दा ट्गुलै नाक पलाउँछ होला । एक पटक यस्ता नितिगत भ्रष्टाचारीलाई तह लगाएर देखौनुस अनि दाङका जनताले सुख पाउने छन ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस