• २०८० मङ्सिर २५ गते सोमवार

घूससहित वडा सदस्य पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, महोत्तरी । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई ३६ हजार घूस सहित आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ ।

आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडा सदस्य यादवले ठेकेदारलाई घूस माग्दै निर्माणमा अवरोध गरिरहेको बेला ठेकेदारले ३६ हजार घूस दिने भएपछि वडा सदस्य यादवले निर्माण गराउन मानेको बताइएको छ ।

वडा सदस्य यादवले सो घूस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नभएर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि आज बिहान करिब ९ बजे अख्तियारको टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस