जेठ १७, काठमाडौं । एएफसी कपको समुह चरणमा प्रतिस्पर्धा गरिरहेको मनाङले नुवाकोट गोल्डकपमा सहभागिता जनाउने भएको छ । ‘पहिलो रोजाईका अधिकांश खेलाडी राष्ट्रिय टिममा रहेकाले दोश्रो रोजाईका खेलाडी समावेश गर्दै नुवाकोट गोल्डकप खेल्ने तयारी रहेको छ ।
एएफसी कपको आगामी खेलका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै मनाङले नुवाकोट गोल्डकपमा सहभागिता जनाउन लागेको हो । दोस्रो संस्करणको नुवाकोट गोल्डकप प्रतियोगिता जेठ २० देखि २९ गतेसम्म सञ्चालन हुदैछ । यस पटक प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।