• २०८० असोज ५ गते शुक्रवार

आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान’

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । आज शुक्रवारदेखि हरेक साता नेपाल वायुसेवा निगमको विमानले काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान गर्ने भएको छ ।काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु भएको हो ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने भन्दै प्रदेश सांसद अम्बिरबाबु गुरुङले भने करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गरेको हो । यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन ।अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

उनका अनुसार हरेक शुक्रवार काठमाडौं–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ । रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस