काठमाडौं : दक्ष इन्टरनेसनलद्वारा आयोजित मिस एन्ड मिसेज ब्युटिफुल २०१९ को ताज क्रमशः सम्पदा अमगाई र काठमाडौंकी स्मृति पोख्रेलले पहिरेका छन्। राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिसतर्फको ताजसँगै ‘मोस्ट ट्यालेन्ट र बेस्ट फोटोजेनिकको टाइटल’समेत प्राप्त गरिन्।
प्रतियोगितामा मिसतर्फ मनीषा पाण्डे फस्ट रनरअप, रुचि पाण्डे सेकेन्ड रनरअप र कुसुम श्रेष्ठ थर्ड रनरअप भए भने मोस्ट पपुलर, फेसबुक च्वाइस, भिअर्स च्वाइस तथा बेस्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन्।
त्यसैगरी मिसेस तर्फको फस्ट रनरअपमा ज्योति पोख्रेल सेकेन्ड रनरअपमा ओबिका बेल्वासे भइन् भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मोस्ट पपुलर तथा बेस्ट स्किनको टाइटल हात पार्न सफल भइन्। प्रतियोगिताको निर्णायक मण्डलमा नायक सरोज खनाल, गायक आनन्द कार्की, नायक रमेश उप्रेती, म्युजिक कम्पोजर रेखा पौडेल, डा. सुशीला मल्ल, कलाकार सरिता गिरी तथा हेमांगराज गिरी थिए।
आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालनसमेत उनैले गरेका थिए। कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरू चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बाँस्कोटा, व्यवसायी रूपक शर्मा पोख्रेललाई दक्ष इन्टरनेसनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र विशेष अतिथि वरिष्ठ कलाकार किरण केसी ‘रातामकै’ तथा दक्ष इन्टरनेसनलका अध्यक्ष टेकराज पाण्डेले सम्मानित व्यक्तित्वहरूलाई सम्मान अर्पण गरेका थिए। annapurnapost बाट साभार