• २०८२ जेष्ठ ७ गते मङ्गलवार

झनै गले डा केसी, औषधि लिन मानेनन्

पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । १५औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनका कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् ।

दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरूले दिएको बताए ।

‘केसीले औषधि लिन नमान्दा स्वास्थ्य खस्किन थालेको रिपोर्ट आएको छ,’ खड्काले भने, ‘बोल्नसमेत समस्या भएकाले इसारा बुझ्न समस्या भएको मेडिकल टिमले जनाएको छ ।’ केसीको रगतमा सुगरको मात्रा कम र मुटुको धडकन अस्थिर देखिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस