• २०८१ बैशाख १३ गते बिहिवार

प्रहरी जवान घुससहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस १४,विराटनगर  । सशस्त्र प्रहरीबाट घुमुवाको रुपमा (सादा पोषाक)मा परिचालित प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

भारतबाट प्याज ल्याउने व्यापारी तथा स्थानीय जनतासँग लिएको ५ हजार ५ सय रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान विश्वासलाई विराटनगर महानगरपालिका–११ बसपार्कबाट पक्राउ परेका हुन् ।

मोरङको ग्रामथान तेतरिया घर भएका विश्वास सशस्त्र प्रहरीको विराटनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी) बखरीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस