पौष,१४ अमेरिका । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।
टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो ।
घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।