पौष १४ ,काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसारमा संलग्न भएको आरोपमा १३ जनालाई प्रहरीको पक्राउ गरेको छ ।
सालकको दुईवटा छालासहित महोत्तरीका सिंहबहादुर मोक्तान, मकवानपुरका कालबहादुर जिम्बा, धादिङका सुके तामाङ र उमेश अधिकारी पक्राउ परेका हुन् ।
त्यस्तै, भालुको पित्तसहित धादिङका ईश्वर थपलिया, दोलखाका ललितबहादुर विक, राजकुमार दाहाल, याम खाती र बैतडीका हरिश भट्ट छन् ।
चितुवाको छालासहित नुवाकोटका सरोज ओझा, काठमाडौँका अखिल लामा भनिने सुरेन्द्र तामाङ र कैलालीका कृष्ण क्षेत्री भनिने कृष्ण साउँद क्षेत्री समातिएका छन् भने सालकको ४ किलो तौल भएको खपटासहित सिन्धुलीका कर्ण रम्तेल पक्राउ परेका छन् ।
ब्युरोले एक साताको अवधिमा उनीहरुलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको प्रहरीले जनाएको छ ।