पौष १४,काठमाडौँ । नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी आएपछि अनुसन्धान थालिएको छ ।
पक्राउ परेका कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भएको उनले बताए ।