• २०८१ बैशाख ४ गते मङ्गलवार

आज साझ ४ बजे ठमेलमा र्याली तथा दिप प्रज्वलन हुदै

पढ्न लाग्ने समय : १ मिनेट
  • सन्तोष बानिया

पुस १४, काठमाडौ । नेपाल सरकारले घोसणा गरेको नेपाल भ्रमण बर्ष २०२० सुरु हुन २ दिन बाकि हुदा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघ सस्थाहरुको सक्रियता बढेको छ ।

ट्रेकिङ्ग ब्याबसायिहरुको छाता संगठन (टान), नेपाल टुर एंड ट्राभल एसोसियसन (नाट्टा) , नेपाल पर्बतारोहण सङ्घ ( एन एम ए )लगायत सम्पूर्ण संघ सस्था र ब्याबसायीहरुको सहभागितामा आज साझ ४ बजे पर्यटक नगरी ठमेल परिक्रमा तथा नर्सिङ्ग चोकमा दिप प्रज्वलन आयोजना गरिको छ। ब्याबसायीहरुले हिजो बेलुका नर्सिङ्ग चोकमा नेपाल भ्रमण बर्ष २०२० को भब्य लोगो बनाइसकेका छन।

पर्सि अर्थात जनावरी १ तारिकमा भब्य उत्घाटन हुन गइरहेको नेपाल भ्रमण बर्ष २०२० भब्य रुपमा सफल बनाउन पर्यटन मंत्री योगेश भट्टराई ले सम्बन्धित सबैमा आव्हान गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस