• २०८२ जेष्ठ १ गते बुधवार

पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं ।  काठमाडौं महानगरपालिका(९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

बा १ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा।१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बा।१ प १०१५ नम्बरको गाडीका सह चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ घर भएका २५ वर्षीय अभिषेक तामाङ रहेका छन् । गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस