- सागर थापा /महेन्द्र सिंह
मंसिर १४ बाँके । बाँकेमा स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर वडा नम्बर ६ मा आज शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको छ ।
कुल २हजार २६ सय मतदाता रहेको कोहलपुर वडा नम्बर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा बिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छन ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बाँके ससस्त्र प्रहरी कार्यालयका एस्पी दिपक अधिकारीले बताए । वडा नम्बर ६ मा ६६३ महिला र ७७१ जना पुरुषले मतदान गरेका छन् । जम्मा २ हजार २६ मतदाता रहेको वडामा १६२९ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन्