• २०८२ जेष्ठ २ गते बिहिवार

बाँके कोहलपुर वडा नम्बर ६ को निर्वाचन केन्द्रमा मतदान जारी

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा /महेन्द्र सिंह

मंसिर १४ ,बाँके ।  स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर वडा नम्बर ६ का मतदाताहरुले आज शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुने छ ।

कुल २ हजार २६ सय मतदाता रहेको कोहलपुर वडा नम्बर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा बिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छन ।


मतदान शान्तिपूर्ण सम्पन्न बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ६ को मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । अहिलेको भर्खर प्राप्त जानकारी अनुसा वडा नम्बर ६ मा ६६३ महिला र ७७१ जना पुरुषले मतदान गरेका छन् । जम्मा २हाजर २६ सय मतदाता रहेको वडामा अहिले सम्म १४५१ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस