मंसिर १४ चितवन । भरतपुर महानगरपालिका १० हाकिमचोकस्थित बोस्टन ईन्टरनेशनल कलेजमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उक्त कलेजका शिक्षक तथा विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।