• २०८२ जेष्ठ ७ गते मङ्गलवार

एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मुत्यृ

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १४, प्यूठान । एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मुत्यृ भएको छ ।

शुक्रबार राति प्यूठानको ऐरावती गाउँपालिका–५ पकलामा वन्जाडे गाउँमा सुत्केरी छोडेर फर्कने क्रममा धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घटना हुँदा स्थानिय २८ वर्षे रेशम थापाको मृत्यु भएको  हो ।

प्रहरीका अनुसार जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको र अन्य चारजना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षे खेमराज थापा, १९ वर्षे लक्षुमण थापा, ३१ वर्षे होतराज थापा र २१ वर्षे प्रदिप थापा रहेका छन् ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस