• २०८२ जेष्ठ १ गते बुधवार

लाइन बसेर उम्मेदवार विद्या भट्टराईद्वारा मतदान

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , १४ पोखरा । कास्की–२ की नेकपा उम्मेदवार विद्या भट्टराईले लाइन बसेर मतदान गरेकी छन् ।पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय माविबाट उनले पौने १० बजे मतदान गरेकी हुन् ।

कास्की–२ मा उम्मेदवार बने पनि अन्य क्षेत्रमा मतदाता नामावली भएकाले अधिकांश उम्मेदवारले आफैंलाई मतदान गर्न पाउने छैनन्। पाँच राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारबाहेक अरुले आफूलाई मत दिन नपाउने भएका हुन् ।

नेकपा उम्मेदवार भट्टराईले पोखरा–३३ बाट मतदान गरेकी छन् ।साझा पार्टीकी रजनी केसीले पोखरा–४ बाट मतदान गरेकी छिन् । राप्रपाका रोमबहादुर भण्डारीले पोखरा–१५ बाट मतदान गर्दैछन् ।

यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैंलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा–२१ बाट मतदान गर्नेछन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा–७ की मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस