मंसिर, १४ काठमाडौँ । मनमहोन कार्डियोथारासिक भास्कुर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ ।
सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आंकलन गरेका छन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।