• २०८२ जेष्ठ ३ गते शुक्रवार

सुरक्षा प्रमुखहरु मतदान केन्द्रमा दाङको १६ नम्बर वडामा ठुलो विस्फोटको आवाज मात्र

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

 मंसिर १४,  दाङ । दाङमा मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी दाङमा विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी विस्फोट गराइएको हुन सक्ने स्थानीयहरु बताउँछन ।

निर्वाचन हुने स्थल वडा नम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले जानकारी दिनुभयो छ ।

बिस्फोटबाट कुनै पनि क्षति नभएको डिआइजी शाहले बताए। कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको उहाँले जानकारी दिनुभयो । शनिबार घोराही १६ मा वडाध्यक्षका लागि मतदान हुँदैछ पाँच नम्बर प्रदेशको जिल्ला उपनिर्वाचन हुने ठाँउमा बाक्लो सुरक्षा कर्मीहरु खटिएको छ ।

प्रतिक्रिया दिनुहोस