• २०८१ बैशाख १३ गते बिहिवार

डोटीका दुई स्थानमा भेटिएको बम सेनाद्वारा डिस्पोज

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १४,डोटी । डोटीका दुई छुट्टा छुट्टै स्थानमा फेला परेका बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।त्यस्तै, आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको हो ।

प्रतिक्रिया दिनुहोस