- सन्तोष बाँनिया, खबर24नेपाल
कात्तिक १३, काठमाडौं । नेपालीहरुको दोश्रो महान पर्ब तिहार हर्षोउल्लास साथ् सम्पन्न भएको छ। तिहारको पाचौ दिन भाइटिका संगै यस बर्षको तिहार सकिएको हो । यद्दपि नेवार समुदायहरुले आज भाइटिका ग्रहण गरेका छन्। यसै गरि नेपाल घुम्न आएका विभिन्न देशका पर्यटकहरु पनि भाइटिकामा रमाएका छन्।
देउसी, भैलो र भाइटिकाहरुमा सहभागी भएर उनीहरुले नेपालि पर्वमा रमाइलो गरेका छन। नेपालि चार्ड तिहारमा प्रत्यक्ष सहभागी भएर नेपालीहरु संगै तिहार मनाउन पाउदा र यहाको सास्कृतिक पाटोको बारेमा जान्न भोग्न पाउदा आफुहरुलाई गौरब महुस भएको उनीहरुले बत्ताए। नेपाल भौगोलिक/ जैविक विभिधतामा मात्र सुन्दर भनिएको कुरा आफुहरुले सुनेको भए पनि नेपाल कला/ सस्कृति र परम्पराहरुमा पनि उत्तिकै सुन्दर र उत्कृस्ट रहेको आफुहरुले पाएको अस्ट्रेलियन नागरिक देनभर बताउछन। नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउन लागेको कुरा आफुहरुलाई पनि जानकारी भएको बताउदै, यस्ता अनुपम कला सस्कृतिलाइ पनि उच्च प्रथामिकतामा राखी प्रचार गर्न सके नेपाल आउने पर्यटक अझ बढ्ने बताए। स्वदेश फर्के पछि आफ्ना साथीभाईहरुलाई नेपाल भ्रमण को अनुभब सुनाउने र नेपाल जिबनमा एकपटक भ्रमण गर्ने पर्ने ठाउ रहेछ भन्ने सुझाउने अर्का जर्मन नागरिक हान्स बताउछन ।
नेपाल आउनु अगाडी यहाको सुरक्षाको बारे विभिन्न कुराहरु सुने पनि नेपालमा आफुहरुले सुने भन्दा निकै शान्ति रहेको र पदयात्रा लगायत सबै किसिमका भ्रमणको लागि सुरक्षित रहेको अनुभब समेत सुनाए।