- गोबिन्द पौडेल, इलाम
कातिक १३, इलाम । इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सुर्योदय नगरपालिका ७ गोगने निबासी २७ बर्षीय संजय कटुवालको दुघटनामा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
हाल इलामको पुवाखोलामा अस्थाइ रुपमा बसोबास गदै आएका कटुवाल मंगलबार राती ८।३० बजेतिर राजमार्ग राँकेबाट पुवाखोला फर्कने क्रममा बाघखोर बजार छेउमा दुघटनामा परेका थिए । दुइजना सवार मे ७ प २०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब २० मिटर तल खसेको हुदा घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइएकोमा उपचारको क्रममा राति पौने १ बजेको संजय कटुवालको मृत्यु भएको थियो भने सुमन राईलाई थप उपचारको लागि झापाको बिएण्डसी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
संजयको सवलाई जिल्ला अस्पताल इलाममा पोष्टमार्टमपछि माइखोला राजदुवाली घाटमा दाहसस्कार गरिएको परिवार स्रोतले जनाएकाछ ।