• २०८२ जेष्ठ २ गते बिहिवार

धादिङको बेनीघाटमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ बांदरेमोडमा सोमबार स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार सिन्धुपालचोकका २९ वर्षीय राजिब गुरुङ रहेका छन् ।

चितवनबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईलाम बाजुकी २ का ३० वर्षीय मिलन राई घाइते भएका छन् । घाइते राईलाई उपचारका लागि राजमार्ग अस्पताल मलेखु पठाइएको धादिङ प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीका चालक धादिङ ज्वालामुखी गाउँपालिका(६ सुनखानीका ३० वर्षीय प्रेम नारायण श्रेष्ठ ईलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस