• २०८१ जेष्ठ ५ गते शनिवार

दशैं‌मा सरकारले बेच्ने खसीबोका काठमाडौं आइपुग्यो

पढ्न लाग्ने समय : १ मिनेट

असोज १३ काठमाडौं । सरकारले दशैंका लागि बिक्री गर्न खरिद गरेको खसी बोका काठमाडौं ल्याइएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार थोरै मात्रामा खसी र च्यांग्रा सोमबार बिहानसम्म काठमाडौं आइसक्ने छ ।

महाप्रबन्धक गौचनले सोमबार बिहान मन्त्रालयमा बस्ने बैठकले खसी बोका र च्याग्रांको मूल्य तोकिने बताए । हेटौंडामा किनेको जिउँदो खसीको मूल्य प्रतिकिलो ५७०र दाङमा किनेको प्रतिकिलो ५३५ रुपैयाँ छ । यस्तै म्याग्दीबाट ल्याइने च्यांग्राको जिउँदोको खरिद मूल्य प्रतिकिलो सात सय हाराहारी परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ढुवानी खर्च समेत जोडेर हेर्दा केही महँगो लागत परे पनि घाटै खाएर भए पनि खसी र बोका सहुलिय तदरमा बिक्री गरिने छ । सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्य।पार कम्पनीमार्फत काठमाडौंमा ३ हजार खसी बोका तथा च्याग्रां बिक्री गर्दैछ ।

प्रतिक्रिया दिनुहोस