• २०८२ बैशाख ६ गते शनिवार

मार्वल ‘अनलोड’ गर्ने क्रममा गोरखामा मजदुरको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १३ गोरखा । जिल्ला अदालत गोरखाको निर्माणाधीन भवनका लागि ल्याइएको मार्वल ट्रकबाट ‘अनलोड’ गर्ने क्रममा आइतवार राति चेपिएर सिराहा जिल्लाको लहान मोतिपुरका ३० वर्षीय नागेश्वर सदायको मृत्यु भएको छ ।

नेपाल प्रहरीका डीएसपी मित्रवन्धु शर्माले मार्वल झार्ने क्रममा एक्कासि अरू बन्डलहरु खसेर घाइते भएका नागेश्वरलाई मजदुर र स्थानीयले अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस