• २०८१ जेष्ठ ११ गते शुक्रवार

सडक निर्माणमा चरम ढिलासुस्ती

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १३ काठमाडौँ,। ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ । सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।

नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड र अष्टनारायण–शेषमती–लामबगर–काभे्रस्थली सडकखण्ड निर्माण सुरु भएको लामो समयसम्म पनि अलपत्र अवस्थामा छ । समयमै सडक निर्माण नहुँदा घामलाग्दा धुलो र पानी पर्दा धुलोको समस्याले स्थानीय आक्रान्त बन्न गरेका छन् ।

शेषमती–बोहोराटार सडकखण्ड नगरपालिकाको योजनामा सञ्चालित आयोजना हो भने र अष्टनारायण–काभे्रस्थली केन्द्रीय योजनाअन्तर्गत सडक विभागको योजना हो । नगरपालिकाको मुख्य प्रवेशद्वार र चक्रपथ नजिक पर्ने यी महत्वपूर्ण सडकखण्ड विभिन्न बहानामा अलपत्र बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस