आश्विन १३ झापा, नेपाल सरकारबाट प्रतिबन्धित विप्लव समुहले लुकाएर राखेको ठूलो परिणाममा विस्फोटक पदार्थ झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका–१ बाट आइतवार साँझ बरामद गरेको छ।
बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी हाइ एक्सप्लोसिभ लगायत बरामद भएको प्रहरी जानकारी दिएको छ ।प्रहरीले बम बिस्फोटमा संलग्न विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित तीन जनालाई केही समयअघि पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अर्जुनधाराको एक ठाउँमा छापा मारी बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।