असोज १३, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई विकासको बाधक नबन्ने आग्रह गर्दै कुनै पनि राजनीति आग्रह र पूर्वाग्रह बोकेर कुण्ठाग्रस्त वर्गले धुप बालेर भक्तपुरको विकास नरोकिने बताउनुभएको छ ।
आइतवार इम्पेरियल वेन्क्यवेटमा योयो युनिटीको पदभार ग्रहण तथा विजया दशमिको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासको विरोध गर्नेहरु एक पछि अर्को गर्दै परास्त हुँदै गइरहेको बताउँदै अब भक्तपुर विकास र समृद्धिको उज्यालो जिल्लाको रुपमा स्थापित हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका भित्र बसोबास रहेका व्यक्तिहरुको संस्था योयो युनिटी रहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरलाई विकासको रुपान्तरण गर्ने अभियानमा लागि परेको जानकारी गराउनुभयो । भक्तपुर विकासमा बक्तिमुनीको अध्यारो नभई अब समृद्ध र विकासितका साथै रुपान्तरित हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु भक्तपुरमा नै निर्माणको प्रकृयामा रहेको जानकारी गराउँदै उहाँले आधुनिक तथा सुविधासम्पन्न सहरको रुपमा भक्तपुर पहिचान हुने बताउनुभयो । स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय स्तरको रंगशाला, कवोर्ड हल, आधुनिक सुविधा सम्पन्न वीर अस्पताललगायतका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको उहाँले जानकारी गराउनुभयो ।
भक्तपुरमा पाँच हजार क्षमाता भएको कभर्डहल, ५० हजार क्षमाता भएको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने बताउँदै उहाँले कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायकदेखी घुलिखेलसम्मको ६ लेनको सडक विस्तारको कार्य तत्काल शुरु गर्न माग गर्नुभएको हो । कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सूर्यविनायक – धुलिखेल तथा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामा बसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्य गर्न पहल गरिएको बताउनु भयो ।
भक्तपुरमा साना तथा ठूला असंख्य आयोजनाहरु निर्माण भइरहेको जानकारी गराउँदै भक्तपुरको लाइफ लाईनको रुपमा आवश्यक पर्ने विकासहरु तिव्र गतिको साथ अघि बढिरहेको बताउनुभयो । हनुमन्ते नदीको कारिडोर निर्माण सम्पन्न भएसँगै अरनिको राजमार्गको बैकल्पीक सडको रुपमा सञ्चालनमा आएसँगै भक्तपुरमा हुने सवारी जाम तथा दुर्घटना कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासका कुरामा कसैले रोकेर रोक्ने छैन । भक्तपुर नगरपालिकाले विभिन्न वहानामा विकासका काम रोक्ने प्रयास गरे यहि योयो युनिटीले सहकार्य समन्वय र आवश्यक परे प्रतिकार गर्न सक्ने युनिटी होस् । वृक्षारोपण, दुवो रोप्ने, ट्राफिक लाईट, स्मार्ट बत्ती, स्मार्ट ट्वाइलेटलगायतका कुराहरुको व्यवस्थापन गरी अरनीको राजमार्गलाई व्यवस्थित बनाउँदै लैजाने छौं । जनताको तिव्र विकास प्रतिको चाहना पुरा गरेरै छोड्नेछौं । विकासमा कसैले हस्तक्षेप गरे त्यो सैह्य हुने छैन ।’
योयो युनिटीका अध्यक्ष रुपेश शिलाकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सांसद बस्नेतले योयो युनिटीलाई आर्थिक सहयोग गर्नुहुने सबैलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको योयो युनिटीका उपाध्यक्ष रविन्द्र लाछिमस्युले जानकारी गर्नु भयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद शशिजङ्ग थापा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सुर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापा लगाएयतले योयो युनिटीले समाज सेवामा अझ अग्रसरता रहन सकोस भनी शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई तथा सफलताको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।