- बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता
भदौ १३, काठमाडौं । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर रिलिज भएको छ ।
शुक्रबार ४ बजे रिलिज हुने बताइएपनी केही समय ढिल गरी रिलिज हुँदा धेरै दर्शक आक्रोसित भएको देख्दा यो फिल्मको बेग्र प्रतिक्षा दर्शक मा रहेको सहजै अनुमान लगाउन सकिन्छ । मुख्य पात्रहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल लाई प्राथमिकताका साथ देखाइएको ट्रेलर मा फेरी पनि एउटै मैया को लागि ३ जना युवाहरु विच को भिडन्त्त लाई गज्जव ले प्रस्तुत गरीएको छ ।
फेरी पनि प्रस्तुत ट्रेलर मा कलाकारको प्रस्तुती हेर्दा ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत गराएको छ । सफल चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल अर्थात ब्रान्ड नाम, प्रतिष्ठित ब्यानर, नाम चलेका कलाकारहरु र एकपछि अर्को फिल्मबाट दर्शकको विश्वास जित्न सफल निर्देशक र कलाकारहरु जोडिएका कारण पनि यो फिल्मको ट्रेलरको लामो समयदेखि प्रतिक्षा भइरहेको थियो । मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्यभाषामार्फत् व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्ग ले निर्देशन गरेको फिल्म लाई मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार ले फिल्म निर्माण गरेका हुन । कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । पछिल्लो समय दर्शकलाई हलसम्म तान्ने बलियो अस्त्र को रुपमा गीतसंगीत र ट्रेलर नै हो । त्यसैले पनि ‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज भएको गीत ‘दुबो फूल्यो’ बोलको गीतले विवाद सङ्गै राम्रै चर्चा बटुलिरहेको छ । सङ्गै यस फिल्म को सिर्स गीत लाई अझ फरक शैली मा प्रस्तुत गरिएको छ जुन र्याप शैली मा रहेको छ जुन गीत ले पनि चर्चा बटुली रहेको छ ।
भाद्र १३ गतेबाट पोस्टपोन्ड भएर दशैंको विदा ताक्दै असोज ३ गतेबाट प्रदर्शनमा हुन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म हो। असोज ३ सोलो रिलिज सङ्गै राम्रो व्यापार गर्नेमा दुइमत छैन । (हेर्नुस् भिडियाेमा)